वैशाख १८ देखि  दोस्रो खुल्ला तथा राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिता धरानमा

समाचारदाता : गोपाल पौडेल

२०८३ वैशाख १० गते।

धराने मिडिया : धरानमा दोस्रो खुल्ला तथा राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिता वैशाख १८ देखि हुने भएको छ। बिहिबार धरान-१३ स्थित नेपाल पत्रकार महासंघ सुनसरी शाखाको कार्यलयमा पत्रकार सम्मेलन माफत आयोजक टोलिले कार्यक्रम बारे जानकारी दिएको थियो । 

धरान ब्याडमिन्टन क्लब को आयोजनामा हुने प्रतियोगिता वैशाख १८, १९ र २० गते धरान १३ मा रहेको अमरसेवा समाजस्थित कभर्ड हलमा सञ्चालन गरिनेछ।

प्रतियोगितामा खुला सिंगल पुरुष, सिंगल महिला, पुरुष डबल्स , महिला डबल्स, मिक्स डबल र भेट्रान (उमेर समूह) लगायतका विभिन्न विधामा सहभागी गराइनेछ । साथै धरान स्थित खेलाडीहरुलाई प्रोत्साहन गर्न उद्देश्य वैशाख १४ र १५ गते प्रतियोगिता गराइनेछ ।

Dharan Batminton club 2083 Press Meet (5)

यस प्रतियोगितामा र्राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा स्थानीय स्तरका खेलाडीहरुको उल्लेखनीय सहभागिता रहने विश्वास आयोजनाले गरेको छ ।

प्रतियोगिताले धरानमा ब्याडमिन्टन खेलको विकास, खेलाडीहरुबीच प्रतिस्पर्धात्मक भावना अभिवृध्दि तथा नयाँ प्रतिभा पहिचान गर्नका साथै धरानमा खेल पर्यटन व्यवसायलाई अभिवृध्दि गर्ने खेल संयिजक तेज बहादुर मेन्याङ्वोले बताएका थिए।

विजेता तथा उपविजेताहरुलाई नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा विभिन्न वर्गमा गरी करिब ४५० जना भन्दा माथि खेलाडीहरु सहभागी रहने अनुमान गरिएको छ । प्रतियोगितामा रु. २३ लाख भन्दा माथि खर्च गर्ने अनुमान गरेको छ ।

Dharan Batminton club 2083 Press Meet (4)

समावेश गरिने खेल इभेन्ट्स तथा इन्ट्री फि :

क) मेन्स सिंगल             रु. १,५००-

ख) ओमेन्स सिंगल           रु. १,०००-

ग) मेन्स डबल             रु. ३,०००-

घ) ओमेन्स डबल           रु. २,०००-

ङ) मिक्स डबल             रु. २,०००-

च) भेटान १००*             रु. ३,०००-

पुरस्कारहरु

क) मेन्स सिंगल

प्रथम पुरस्कार :     रु. ५१,०००-

दोस्रो पुरस्कार :     रु. २५,५००-

तेस्रो पुरस्कार :     रु. १५,०००- (सेमि फाइनल लिस्ट)

ट्रफी, मेडल र प्रमाणपत्र सहित

ख) ओमेन्स सिंगल

प्रथम पुरस्कार :     रु. ४१,०००-

दोस्रो पुरस्कार :     रु. २०,५००-

तेस्रो पुरस्कार :     रु. १२,०००- (सेमि फाइनल लिस्ट)

ट्रफी, मेडल र प्रमाणपत्र सहित

Dharan Batminton club 2083 Press Meet (3)

ग) मेन्स डबल

प्रथम पुरस्कार :     रु. १,२१,०००-

दोस्रो पुरस्कार :     रु. ६१,०००-

तेस्रो पुरस्कार :     रु. ३०,०००- (सेमि फाइनल लिस्ट)

ट्रफी, मेडल र प्रमाणपत्र सहित

घ) ओमेन्स डबल

प्रथम पुरस्कार :     रु. ६६,०००-

दोस्रो पुरस्कार :     रु. ३३,०००-

तेस्रो पुरस्कार :     रु. १८,०००- (सेमि फाइनल लिस्ट)

ट्रफी, मेडल र प्रमाणपत्र सहित

ङ) मिक्स डबल

प्रथम पुरस्कार: रु ६६,०००/-

दोस्रो पुरस्कार: रु ३३,०००/-

तेस्रो पुरस्कार: रु १८,०००/- (सेमि फाइनलिस्ट)

ट्रफी, मेडल र प्रमाणपत्र सहित

च) १००+ डबल

प्रथम पुरस्कार: रु ६६,०००/-

दोस्रो पुरस्कार: रु ३ं,०००/-

तेस्रो पुरस्कार: रु १८,०००/- (सेमि फाइनलिस्ट)

ट्रफी, मेडल र प्रमाणपत्र सहित

Dharan Batminton club 2083 Press Meet (2)Dharan Batminton club 2083 Press Meet