सरकार महिला उद्यमीको आर्थिक विकास गर्न प्रतिवद्ध 

समाचारदाता : गोपाल पौडेल

विराटनगर, २०८३ वैशाख २१ गते

धराने मिडिया : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका महिला उद्यमीहरुको आर्थिक रुपमा विकास गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ।

नेपाल उद्योग परिसंघद्वारा आज विराटनगरमा आयोजित  महिला नेतृत्व शिखर सम्मेलनको उद्घाटन गर्दै उहाँले उद्यमीलाई  प्रदेश सरकारले दुई देखि छ  वर्षसम्म व्याज अनुदानमा १२ बैकमार्फत  व्याजमा कर्जा उपलव्ध गराउने व्यवस्था गराएको जानकारी दिनु भयो । उहाँले प्रदेश सरकारले उद्यम गर्नेलाई ब्याज अनुदानदेखि उद्दमीलाई बैंक मार्फत ऋण लिनको लागि सहजीकरण गरिदिएर सहयोग गरिरहेको बताउनुभयो

मुख्यमन्त्री कार्कीले  प्रदेशका दर्ता भएका घरेलु कपडा उद्यमीहरुको प्रवद्र्धन गर्न प्रदेश सरकार अन्तर्गत चार हजार कर्मचारीहरुलाई पोशाक भत्ता दिएर स्थानीय उत्पादन कै कपडा प्रयोग प्रेरित गर्ने बताउनुभयो। उहाँले यसै आर्थिक वर्षदेखि हप्तामा एक दिन कोशी प्रदेशको उत्पादन को कपडा प्रयोग गर्ने गरी पोशाक कार्यक्रम ल्याउने जानकारी दिनुभयो।

WhatsApp Image 2026-05-04 at 1.38.46 PM

उहाँले  व्यापारीहरुले प्रदर्शनीस्थलको लागि जग्गा उपलव्ध गराएमा प्रदेश सरकारले भवन निर्माणमा रकमको छुट्याउने जानकारी दिनुभयो।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले गत वर्ष आयोजना गरेको लगानी सम्मेलनमा सम्र्झाता भएका  अहिले एक दर्जन परियोजना र जेठ महिनाभित्र थप चार बटा कार्यान्वयन आउने भएको बताउनुभयो । 

उहाँले किसानका कृषि उत्पादनलाई बजारमा जोड्न पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

परिसंघका केन्द्रीय अध्यक्ष वीरेन्द्रराज पाण्डे, महिला उद्यमी एवं सांसद विदुषि राणा, पवन गोल्याण लगायतले  आगामी दिनमा एक हजार महिलालाई रोजगारी उपलव्ध गराउने बताउनु भएको छ।

सम्मेलनमा प्रदेशका तीन सय महिलाहरुको सहभागिता रहेको छ । परिसंघले   मेक इन नेपालको  १४ स्टलमा महिला उद्यमीद्वारा उत्पादित सामाग्रीको प्रदर्शनी गरिएको छ। 

सम्मेलनले महिलालाई कृषि,सीप,सिर्जनशिलता र डिजिटल नव प्रवद्र्धन मार्फत दिगो समृद्धि ल्याउनु सम्मेलनको मुख्य उद्देश्य रहेको छ।