भूमिहीन सुकुम्वासीप्रति ज्यादती विरुद्ध कांग्रेसले जेठ २ गते विरोध प्रर्दशन गर्ने

समाचारदाता : गोपाल पौडेल

२०८३ वैशाख २९ गते

धराने मिडिया : भूमिहीन सुकुम्वासी जनताप्रति सरकारले गरेको ज्यादती विरुद्ध नेपाली कांग्रेसले विरोध प्रर्दशन गर्ने भएको छ । नेपाली कांग्रेस, क्षेत्र नं. १, सुनसरीका क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको बैठकले विरोध प्रर्दशन गर्ने निर्णय गरेको हो ।

मानव अधिकारको समेत प्रवाह नगरी पर्याप्त अग्रिम सुचना र पूर्व व्यवस्थापन नगरी भूमिहीन सुकुम्वासी तथा गरिव नागरिकहरुलाई सरकारले डोजर आतङ्क र दमन गरी जबरजस्ती हटाउने कार्य गरेको विरुद्ध सरकारलाई दवाव दिन र भूमिहीन सुकुम्वासी, अव्यवस्थित वस्ती तथा गरिव नागरिकको गांस, वास र कपासको सुरक्षाका साथसाथै न्यायोचित व्यवस्थापनका लागि जेठ २ गते शनिवार ३ बजे सडक मै उत्रिएर विरोध गर्ने निर्णय गरिएको सभापति तामाङले बताएका छन् । 

बैठकले विरोध प्रर्दशनलाई व्यवस्थित र प्रभावकारी बनाउन महासमिति सदस्य पर्वतकुमार राईको संयोजकत्वमा नेपाली कांग्रेसका प्रदेशसभा, नगर र वडा सभापतिहरु, वडा अध्यक्षहरु, भातृ एवम् शुभेच्छुक संघसंस्थाका सभापतिहरु, भूमिहीन सुकुम्वासी अव्यवस्थित वस्तीमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका अगुवा साथीहरु लगायत रहने गरी आयोजक समिति गठन गरेको छ ।

20260511_120756 (1) (1) (1) (1)

विरोध प्रदर्शन तथा आन्दोलनबारे सरोकारवालासम्म सूचना प्रवाह गर्न पत्रकार सम्मेलन, माईकिङ र भूमिहीन सुकुम्वासी अव्यवस्थित बसोबासका अगुवा तथा सरोकारवालाहरुसंग आवशयक छलफल गर्ने निर्णय समेब बैठकमा भएको छ ।

बैठकमा क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, महासमिति सदस्य पर्वतकुमार राई, नगर सभापति श्याम पोखरेल, जिल्ला सदस्य निर्मला नेपाल, प्रदेशसभा १(१) कोषाध्यक्ष रमिना सुब्बा गुरुङ, प्रदेश सम्मेलन सदस्य वचन श्रेष्ठ, पूर्व जिल्ला सदस्य राम तामाङ, क्षेत्रीय सल्लाहकार मनोहर सुब्बा, वडासभापतिहरु उत्तम राई, सुवर्ण मोहन पलिखे र श्याम श्रेष्ठ तथा वडा सदस्य विवेक मोक्तान लगायतले विचार राखेका थिए ।

बैठकमा कोशी प्रदेश सांसद मा. ममता तामाङ, कोशी प्रदेश सदस्यद्धय सन्तोष वि.क. र गोविन्द बस्नेत, प्रदेशसभा १(१) सभापति अनिल श्रेष्ठ, महासमिति सदस्य सुवास राई, क्षेत्रीय सचिव महेन्द्र प्रधान, क्षेत्रीय सदस्यद्धय लोकमणि शर्मा र सन्ध्या श्रेष्ठ, क्षेत्रीय सल्लाहकारद्धय शालिग्राम आचार्य र जयप्रकाश शर्मा, प्रदेशसभा १(१) उपसभापति झुमादेवि राई, प्रदेशसभा १(१) सचिव युवराज शंकर, प्रदेशसभा १(१) सहसचिव हरि ओझा, धरान नगर सचिवद्धय जितेन्द्र राई र हिमाल श्रेष्ठ, नगर सहसचिव युनेश राना मगर, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका क्षेत्रीय सचिव उज्वल हल्वाई, नेपाल तरुण दल धरान नगर उपाध्यक्ष विक्रम तामाङ, पुजा कर्मचार्य लगायतको उपस्थिति रहेको थियो ।