हराईजन रेडबुल राष्ट्रिय ३ बाई ३ प्रतियाेगिता हुने
समाचारदाता : सुर्य
२०८३ जेठ ८ गते।
धराने मिडिया : धरानमा राष्ट्रिय स्तरकाे ३ बाई ३ बास्केटबल प्रतियोगिता हराईजन क्लबकाे आयाेजनामा हुने भएकाे छ ।
नेपाल भरिका २३ वटा समुहहरुकाे सहभागिता रहने यस प्रतियाेगिता २०८३ जेठ ९ र १० गते हराईजन खेल मैदान धरान १७मा सञ्चालन हुनेछ । हराईजन क्लबले हरेक वर्ष आयाेजना गर्ने नियमित राष्ट्रिय प्रतियाेगिता यस वर्ष जेन्जी आन्दाेलन र प्रतिनिधि सभाका कारण गर्न नसकेका कारण यस पटक ३ बाई ३ प्रतियाेगिता सञ्चालन हुन लागेकाे क्लबका सचिव सुर्य कुमार सुनुवारले बताउनुभयाे ।
प्रतियाेगितामा पहिलाे लिग चरण र अन्तिम १६ छनाैट भई नकआउट हुने उनले बताए। प्रतियाेगिताकाे विजेताले नगद रु ५०,०००/, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन भने उपविजेताले नगद रु २५,०००/ ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।






















