भेट्रान फुटबल प्रतियोगिताको उद्घाटन खेलमा धरान विजयी

समाचारदाता : गोपाल पौडेल

२०८३ जेठ १० गते।

धराने मिडिया : हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिताको चौंथो संस्करणको उद्घाटन खेलमा मिल्स भेट्रान फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै धरान भेट्रान क्लबले विजयी सुरुवात गरेको छ । 

खेलको प्लेयर अफ द म्याच गणेश लिम्बु घोषित भएका थिए। उनलाई सुनसरी जिल्ला फुटबल सङ्घका अध्यक्ष नवीन राईले पुरस्कार हस्तान्तरण गरे।  आइतबार (आज)काे खेल भराैल भेट्रान्स सुनसरी र विराट भेट्रान्स विराटचोक, माेरङबीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिकाका कार्यवहाक मेयर अइन्द्रविक्रम बेघाले गरेका थिए । उनले मैदानमा रेफ्रीलाई बल हस्तान्तरण प्रतियोगिताको उद्घाटन गरेका थिए ।

WhatsApp Image 2026-05-23 at 10.24.31 PM