चाैथाे हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिताकाे दाेस्राे क्वाटरफाइनल खेलमा  बिराट भेट्रान बिजयी

समाचारदाता : गोपाल पौडेल

२०८३ जेठ ११ गते।

धराने मिडिया : हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिताको चौंथो संस्करण खेलको दाेस्राे क्वाटरफाइनल खेलमा  बिराट भेट्रान बिजयी।

दाेस्राे क्वाटरफाइनल  खेलमा भराैल भेट्रान फुटबल क्लब र बिराट भेट्रान बिराटचाैक  बिच भएकाे खेल पहिलाे हाफमा  भराैर भेट्रान्स का जर्सि नं १३ भाेलासेन ठकुरी  ले १ गाेल गर्दै अग्रता दिलाएका थिए। त्यस पछिकाे लगत्तै बिराट  भेट्रान्स का जर्सि नं १४ का प्रकाश थापाबाट गाेल गर्दै  बराबरी गाेल भएको थियो ।

त्यस्तै पहिलो हाफकाे २४ आैं मिनेटमा बिराट भेट्रानबाट पुन प्रकाश थापाले गाेल गर्दै २-१ काे अग्रता दिलाएका थिए । यसरी नै पहिलाे हाफको अन्तिम तिर बिराट भेट्रान्सका जर्सि नं ७ का डेनि राई ले गाेल गर्दै ३-१ काे अग्रता दिलाएका थिए।

WhatsApp Image 2026-05-24 at 6.35.16 PM

खेलको दाेस्राे हाफको अन्तिम तिर  बिराट भेट्रानका जर्सि नं ५ का देउमान लिम्बूले गाेल गर्दै  ४-१ अग्रताले जित हासिल गरेकाे थियो ।

खेलकाे प्लेयर अफ द म्याच धरान बिराट भेट्रान्सका जर्सि नं १४ प्रकाश थापा घोषित भएका थिए। प्लेयर अफ द म्याचकाे पुरस्कार धरानका पुर्ब राष्ट्रिय खेलाडी श्री ईन्दु रसाइली ज्यु बाट प्रदान गर्नु भएकाे थियाे ।

यसरी नै खेलको तेस्राे क्वाटरफाइनल सोमबार(आज) आयाेजक हाम्रो धरान भेट्रान्स सुनसरी र बेलका भेट्रान्स  उदयपुर  बिच हुनेछ ।