२२ दिने जडीदुबोको माला तथा नरिवल–सुपारी सजाउने तालिम सम्पन्न
समाचारदाता : देवेन्द्र कार्की
२०८३ जेठ ११ गते।
धराने मिडिया : कोशी प्रदेश सरकारको सहयोग, धरान उपमहानगरपालिकाको सहकार्य तथा महिला एकता मञ्च नेपालको आयोजनामा सञ्चालन गरिएको २२ दिने जडीदुबोको माला तथा नरिवल–सुपारी सजाउने तालिम सम्पन्न भएको छ।
तालिमको समापन कार्यक्रममा महिला एकता मञ्चकी अध्यक्ष दिभा श्रेष्ठको अध्यक्षता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा कोशी प्रदेश सांसद माननीय यशोदा कायस्थ उपस्थित रहनुभएको थियो भने विशेष अतिथिका रूपमा धरान उपमहानगरपालिकाका कावा मेयर अयिन्द्र विक्रम वेगा सहभागी हुनुभएको थियो। साथै धरान उपमहानगरपालिका सामाजिक विकास शाखा प्रमुख अरन्तर राईको पनि उपस्थिति रहेको थियो।
त्यसैगरी धरान वडा नं. ५ का अध्यक्ष मनकुमार राई तथा वडा नं. ८ का अध्यक्ष धनबहादुर लिम्बूको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।
धरान वडा नं. ५ र ८ मा सञ्चालन गरिएको उक्त तालिममा ९८ जना सहभागीहरूले सफलतापूर्वक प्रशिक्षण पूरा गरेका थिए। सहभागीहरूलाई समापन कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको थियो। तालिममा प्रशिक्षक जुली ताम्राकारले २२ दिनसम्म प्रशिक्षण प्रदान गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन महिला एकता मञ्चकी सचिव सुस्मिता शाक्यले गर्नुभएको थियो। कार्यक्रममा बहारगाछी महिला समूहकी अध्यक्ष उषा जंग छेत्री लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समापन कार्यक्रममा तालिमका क्रममा तयार गरिएका सामग्रीहरूको प्रदर्शन समेत गरिएको थियो। आयोजकका अनुसार महिलाहरूको सीप विकास तथा आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।




















