हराईजन रेडबुल ३ बाई ३ मा झुनाज च्याम्पियन
समाचारदाता : सुर्य
२०८३ जेठ १२ गते।
धराने मिडिया :हराईजन क्लबको आयोजना भएको हराईजन रेडबुल ३ बाई ३ प्रतियोगिता झुनाज फिटनेसले जित्न सफल भएको छ।
हराईजन खेल मैदानमा जेठ ९ र १० गते सञ्चालन भएको प्रतियोगिताको फाईनल खेलमा झुनाजले यलम्बर क्लबलाई १४ का विरुद्ध २१ स्कोर गर्दै उपाधि जित्न सफल भएको हो । उपाधिसंगै झुनाज क्लबले नगद रु. ५००००, मेडल र प्रमाण पत्र प्राप्त गर्यो । त्यस्तै उपविजेता रहेको यलम्बर क्लबले नगद रु. २५०००, मेडल र प्रमाण पत्र प्राप्त गर्यो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुदै झुनाज फिटनेस खेलाडी सर्वधन राईले नगद रु. ५०००, ट्रफि र प्रमाण पत्र हात पारे । विजेता तथा उपविजेताहरुलाई पुरस्कार कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरका पुर्व नगर प्रमुख तिलक राई, धरान-१७ का कार्यवाहक अध्यक्ष मनिष विष्ट, रेडबुलका एरिया म्यानेजर काशीनाथ आचार्य, नेपाल बासकेटबल संघका केन्द्रिय सदस्य रोशन राई, सुनसरी उद्योग वाणिज्य संघका सदस्य अमित अग्रहरी, श्री माध्यमिक विद्यालयका वि.व्य.स. अध्यक्ष मदन राई लगायतले वितरण गर्नुभएको थियो । यसै कार्यक्रमको दौरान स्थानीय अग्रज अभिभावक मसिने राईलाई पनि क्लबले सम्मान गरेको थियो ।

नेपाल भरिका २३ वटा टिम सहभागी रहेको प्रतियोगितामा पहिलो दिन लिग चरण र दोश्रो दिन अन्तिम १६ सहितको नक आउट खेलहरु सञ्चालन भएको थियो । जेन्जी आनदोलन र संघिय निर्वाचनका कारण पुर्व निर्धारित समयमा प्रतियोगिता सञ्चालन हुन नसकि यस ३ बाई ३ प्रतियोगिता सञ्चालन गर्नु परेको क्लबका अध्यक्ष भक्त राईले जानकारी दिए।




















