दलनायक तालिम (ट्रुप लिडर तालिम) सम्पन्न

समाचारदाता :  मधुसुधन

२०८३ जेठ १९ गते।

धराने मिडिया : स्थानीय स्काउट कार्यालय धरानको आयोजनामा ४२ विद्यालयमा सञ्चालित स्काउट ट्रुपका ९२ ट्रुप लिडरहरुलाई ट्रुपको नेतृत्व कौशल विकासका लागि जेष्ठ १५ देखि १७ सम्म धरान-१३ स्थानी स्काउट कार्यालयमा दुई रात तीन दिनको ट्रुप लिडर तालिम सम्पन्न भएको छ ।

कार्यक्रमको समापन सत्रमा सहयात्री मधुसूदनका नामले परिचित मधुसूदन घिमिरेले सभापतित्व गरेका थिए।

समापन समारोहका प्रमुख अतिथि कार्यवाहक नगर प्रमुख तथा स्थानीय स्काउट संरक्षक आइन्द्र विक्रम वेघा रहेका थिए। कार्यक्रममा पूर्व राष्ट्रिय सचिव वासुदेव भण्डारी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

711601683_1286594236968579_2701121229874300344_n (1)

तालिम कार्यक्रमको नेतृत्व सहायक राष्ट्रिय प्रशिक्षक चन्द्रकला प्रधानले गरेकी थिइन्। प्रशिक्षक टोलीमा डेलिना लोहार तथा प्रमुख आयुक्त रङ्गेली मोतिराम ढुङ्गाना सहभागी रहेका थिए।

कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा काउन्सलर (सल्लाहकार) का रूपमा बबिता गुरुङ, निशा योगी, लक्ष्मी थापा, दीक्षा राई, सारिका रिजाल, देविका मगर, आशिष चापागाई, मिसन बस्नेत, साइमन्ड महर्जन, मनोज कटुवाल र प्रज्वल श्रेष्ठले सक्रिय भूमिका निर्वाह गरेका थिए।

त्यसैगरी, सर्भिस टिमका सदस्यहरू आदर्श तामाङ, कृष्ण दियाली, इजुमी राई (अनिशा राई), गङ्गा तामाङ, युना श्रेष्ठ, पूर्णिमा गहतराज, अनिशा थापा मगर, सचिन मोची र निकेश श्रेष्ठले कार्यक्रम सफल बनाउन महत्वपूर्ण योगदान दिएका थिए।

711618843_1286594336968569_7991679638274570798_n (1)

समापन समारोहमा वक्ताहरूले स्काउट अभियानले युवाहरूमा नेतृत्व विकास, अनुशासन, सामाजिक उत्तरदायित्व तथा सेवाभावको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आयोजकले आभार व्यक्त गरेको छ।

स्थानीय स्काउट कार्यालय धरानको वार्षिक कार्यतालिका अनुसार २०८३ को शैक्षिक सत्रको सुरुवातमै गुणस्तरीय स्काउट विकासका माध्यमबाट युवाविद्यार्थीहरुको सर्वाङ्गीण विकास गर्ने उद्देश्यले यो तालिम सञ्चालन गरिएको हो ।

711601704_1286592590302077_7014321686020841453_n (1)