६६ प्रतिशत सेयर कायम राखी नेपाल टेलिकमको सेयर बेच्ने घोषणा
समाचारदाता : गोपाल पौडेल
२०८३ जेठ १६ गते।
धराने मिडिया : सरकारले नेपाल टेलिकमको सेयर सर्वसाधारणलाई बिक्री गर्ने घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल टेलिकममा संघीय सरकारको ६६ प्रतिशत सेयर कायम राखी बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बिक्री गरिने जानकारी दिएका हुन्।
अर्थमन्त्री वाग्लेले सेयर बिक्रीबाट प्राप्त हुने रकम नेपाललाई प्रविधिमैत्री राष्ट्र तथा ‘टेक हब’ बनाउने अभियानमा परिचालन गरिने बताए।
सरकारको यो निर्णयलाई पुँजी बजार विस्तार, सर्वसाधारणको लगानी सहभागिता वृद्धि तथा दूरसञ्चार क्षेत्रको संस्थागत सुदृढीकरणका रूपमा हेरिएको छ। बजेट घोषणापछि नेपाल टेलिकमको भावी संरचना तथा सेयर निष्कासन प्रक्रियाबारे लगानीकर्ताहरूको चासो बढेको छ।




















