सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो
समाचारदाता : गोपाल पौडेल
२०८३ जेठ १८ गते।
धराने मिडिया : नेपालमा सुनको मूल्य एकैदिन तोलामा २० हजार ५ सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य २ लाख ९० हजार ६ सय रुपैयाँबाट बढेर ३ लाख ११ हजार १ सय रुपैयाँ प्रतितोला पुगेको हो।
चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ३०५ रुपैयाँले बढेर ५ हजार ३ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
विशेषज्ञहरूका अनुसार सुनमा लागेको भन्सार शुल्क वृद्धि, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु, तथा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर हुनुले घरेलु बजारमा सुनको मूल्यमा ठूलो प्रभाव परेको छ।
यो वृद्धि हालैका वर्षहरूकै सबैभन्दा ठूलो एकदिने वृद्धिमध्ये एक मानिएको छ।




















