किराँती सास्ँकृतिक सचेतना अभियान सुनसरीबाट सुरु

धरान : किराँत राई साँस्कृतिक कलाकार संघले किराँती सस्कृतिहरुको गलत प्रयोग भइरहेको भन्दै सास्ँकृतिक सचेतना अभियान सुनसरीबाट सुरु गर्न लागेको छ ।

गतवर्ष काठमार्डौबाट सुरु गरेको अभियान यस पटक सुनसरीसहित १ नं.प्रदेश भरीका सबै जिल्लाहरुमा अभियान सञ्चालन गर्ने कलाकार सघका केन्द्रीय अध्यक्ष शालिक सतासक राईले बताए ।

किराँती सस्कृतिहरुको गलत प्रयोग विरुद्ध र किराती संस्कार संस्कृति प्रयोगमा एक रुपता ल्याउन सुुनसरी जिल्लाभरी आयोजना हुने साकेला कार्यक्रमहरुमा पुगेर सचेतना जगाउने गर्छौ, गलत प्रयोग भएको पाइयो भने सम्झाउने, बुझाउने गर्ने अध्यक्ष राईले बताए ।

मौलिक बाजागाजा विभिन्न राजनीतिक दलहरुको कार्यक्रममा प्रयोग भइरहेको भन्र्दै यो कार्य नगर्न अध्यक्ष राईले अपिल समेत गरे । साकेला उधौली र उभौलीमा मौलिक भेषभुषा, साँस्कृतिक बाजागाजा, पगरी, फेटा, साकेला शिली, गीत जस्ता मुन्दुमी दृष्टिकोणले प्रयोग हुने मुर्त र अमूर्त संस्कृतिहरुको गलत प्रयोग भइरहेकोले यसलाई रोक्न सचेतना कार्यक्रम गरिने उहाँले बताए ।