याक्थुङ चलचित्र कर्मी संघको झापा जिल्ला अधिवेसन सम्पन्न

समाचारदाता (गोपाल पौडेल)

धराने मिडिया : मिति २०८१/२/२१ सोमबार याक्थुङ चलचित्र कर्मी संघको झापा जिल्ला कार्य समितिको जिल्ला अधिवेसन सम्पन्न भएको छ ।

 अध्यक्ष चन्द्र फोम्बो र सचिव हिमाल लेछर्बो लगायत २ उपाध्यक्ष, सहसचिव, कोषाध्यक्ष, सह-कोषाध्यक्ष साथै सदस्य सहित जम्मा ३३ ( तेत्तिस ) सदस्य जिल्ला समिति निक्कै रस्सा कस्सिको साथमा अन्तत : सर्वसम्मत निर्वाचित भएका थिए । 

8db1dcac-866b-4f21-b484-5dcc39e00999

कार्यक्रम मनोनित व्यवस्थापन समितिका संयोजक वविन आङदेङवेको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन केन्द्रिय सचिव उदय सुब्बा कुरुम्बाङले गरेका थिए । 

उक्त कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय अध्यक्ष नविन मेन्याङबोले सपथ गराएका थिए । 

अतिथिहरुमा केन्द्रिय कोषाध्यक्ष तेज मेन्याङबो , सह कोषाध्यक्ष पवि तेम्बे सदस्यहरु दिलिप  फोरुम्बो , नुमा नेयोङ , तिर्थराज लिम्बु, सानुराजा थेगिम लिम्बु लगायत थिए भने झापाका अधिकांस कलाकारहरुको बाक्लो उपस्थिति थियो । 

de462792-65dd-402d-9618-52296fa20756

आखिझ्याल रेष्टुरेण्ट एण्ड थकाली भान्छा घरमा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थाका बारेमा केन्द्रिय अध्यक्ष मेन्याङबोले बताएका थिए भने शुभकामना तथा बधाई मन्तब्य दिलिप फोरुम्बोले दिएका थिए ।

96c1ea8c-30f3-4cb5-b758-13af8ac2e238