ताप्लेजुङ पहिरो (अपडेट) : गाउँपालिका उपाध्यक्ष सहित ४ जनाको मृत्यु

समाचारदाता (गोपाल पौडेल)

धराने मिडिया : जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रविन साम्राका बुबा ७० वर्षीय रामबहादुर साम्रा लिम्बु, रामबहादुरकी ४८ वर्षीया श्रीमती जसयमाया लिवाङ र उनीहरुका दुई जुम्ल्याहा छोरीहरु १० वर्षीया गंगा र जमुना रहेको प्रहरी प्रमुख रवी रावलले जानकारी दिए । 

घट्नास्थलमा हाल सिँवा प्रहरी चौकीको टोली खटिएको र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक कमलकुमार लुङगेलीको नेतृत्वमा थप प्रहरी खटाइएको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए ।

फक्तालुङ गाउपालिकाक उपाध्यक्ष रबिन लिम्बुको बुवा आमासहित ४ जनाको परिवार बस्दै आएको घर पहिरोले बगाएको भन्ने खबर जानकारी आउने बित्तकै तत्काल प्रहरी चौकी शिवा ताप्लेजुङबाट प्रसनि ईन्द्र मगरको कमाण्डमा टोली घटनास्थल पुगेको थियो ।

रातको समयमा गएको पहिरोले एउटा घर बगाएको र निद्रामा भएकाले उनीहरूले भाग्न नपाएको आशंका प्रहरीको छ ।