पहिरोले घर पुरिंदा  १ जना महिलाको मृत्यु

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : ओखलढुंगाको चिसंखुगढी गाउँपालिका-५ थुम्की स्थितमा पहिरोले घर पुरिंदा १ जना महिलाको मृत्यु भएको छ । 

बिहान परेको अबिरल बर्षाको कारण स्थानिय बाबुराम खत्रीको ढुङ्गा माटोले बनेको १ तले घर र गोठ समेत पहिरोले पुर्दा घर भित्र बसेका ३९ बर्षीय बाबुराम खत्री, उनको ३५ बर्षीया श्रीमती देव कुमारी खत्री र १८ बर्षीया छोरी मेनुका खत्री समेतलाई पहिरोले पुरेकोमा तत्काल प्रहरी चौकी शेर्नाबाट खटिएको प्रहरी टोलीले  स्थानीयबासीको सहयोगमा बाबुराम खत्री र छोरी मेनुकालाई सकुशल उद्धार गरिएको छ भने  देव कुमारी खत्रीलाई पहिरोले पुरी मृत अवस्थमा भेटिएको थियो ।

घटना स्थलमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी निरीक्षक सहितको थप टोली खटी उद्धार कार्य भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर