ताप्लेजुङ केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : आज बिहानै ताप्लेजुङमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलामा केन्द्रविन्दु भएर बिहान ७ : ३५ बजे ५.४ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्प ताप्लेजुङ र आसपासको जिल्लामा समेत महशुस गरिएको थियो। हालसम्म क्षतिको कुनै विवरण प्राप्त भएको छैन।

भूकम्प गएको ठाउँ नेपाल र चीनको सीमा क्षेत्रमा पर्ने राष्ट्रिय भूकम्प मापन केन्द्र, काठमाण्डुले जनाएको छ । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिम क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम बढेको छ।