धरानमा मनाइयो २११ औँ भानु जयन्ति

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्ती देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ।

धरानमा पनि यस अवसरमा असार २९ गते शनिबार धरान-२ स्थित भानु चोकमा विषेश कार्यक्रम गर्दै सैनिक आवासीय महाविद्यालय धरान-१३ ले २११ औँ भानु जयन्ति मनाएको छ।

कार्यक्रममा आफ्नो मन्तव्य दिदै महाविद्यालयका प्रिन्सिपल रविन्द्र थापाले यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिएका थिए।

2d084726-7c3e-4988-b264-52afcb791a50

त्यसै महाविद्यालयका नेपाली विभागीय प्रमुख मधुसूदन घिमिरेल भन्छन, "भानु भक्त आचार्य नेपाली भाषा साहित्यका एकिकरण गरेका हुन।" उनले भने पृथ्वीनारायण शाहले देश एकिकरण गरेका हुन भने आदिकवि भानु भक्त आचार्यले नेपाली भाषा साहित्य एकिकरण गरेका हुन।

महाविद्यालयले नियमित ५ वर्ष देखि भानु जयन्तिको अवसरमा धरानको भानु चोकमा कार्यक्रम गर्दै आएको उनले बताए।

कार्यक्रममा भाइस प्रिन्सिपल केशव विष्ट, अतिरिक्त विभाग प्रमुख जिज्ञासु प्याकुरेल, साहित्यिक समितिका संयोजक लेखजङ्ग घिमिरे, कार्यक्रम सञ्चालक रोमनाथ ढुङ्गेल, नेपाल लृखक सङ्घका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

c1c94729-5936-4857-9f27-d11f2bbe8ac5

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए।


"भानुभक्तको घाँसी कविता जस्ताको तस्तै"


भर जन्म घाँस तिर मन् दिई धन कमायो

नाम क्यै रहोस् पछि भनेर कुवा खनायो

घाँसी दरिद्र घरको तर बुद्धि कस्तो

म भानुभक्त धनी भैकन किन यस्तो

मेरा ईनार न त सत्तल पाटिकै छन्

जे धन चीजहरु छन् घर भित्रनै छन्

त्यस घाँसीले कसरी आज दिए छ अर्ति

धिक्कार हो म कन बस्नु न राखि किर्ति


नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान रहेको छ।