दिव्य रोशनी साप्ताहिकको २२ औं स्थापना दिवस सम्पन्न
समाचारदाता : गोपाल पौडेल
२०८३ जेठ ९ गते।
धराने मिडिया : दिव्य रोशनी साप्ताहिकको २२ औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सञ्चारकर्मी, समाजसेवी, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
पत्रिकाको २२ औं स्थापना दिवसको अवसरमा शिक्षाक्षेत्रबाट पब्लिक हाईस्कुलका प्रधानाध्यापक डा. ईन्द्र मोहन झा ज्यूलाई दोसल्ला ओढाई अभिनन्दन गरियो।
यसैगरी पत्रिकाका सम्पादक मनिता चाम्लिङका बुवा क्विन गोर्खा ईन्जिनियरिङ सार्जन्ट स्व. प्रभुराम राईको स्मृतिमा स्थापना गरिएको “उत्कृष्ट सामाजिक पत्रकारिता सम्मान” द्धारा चिसेफायु अनलाईन मिडियाका सम्पादक निमा पोङसुवा ज्यूलाई सम्मानपत्र सहित नगद ५ हजार ५ रुपैयाले सम्मानित गरियो।

त्यस्तै सोही व्योहराको सम्मानपत्र चलचित्र पत्रकार महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष सञ्जु राईलाई सम्मानपत्र सहित नगद ५ हजार ५ रुपैयाले सम्मान।
त्यस्तै पत्रिकाका सम्पादक मनिता चाम्लिङका दिवंगत दाजु राजु राईको स्मृतिमा स्थापना गरिएको युवा पत्रकारिता सम्मानबाट ब्लाष्ट टाईम्स दैनिकका पत्रकार खिलानाथ विश्वकर्मालाई सम्मानपत्र सहित पुरस्कार राशी ५ हजार ५ रुपैयाले सम्मान।
त्यस्तै पत्रिकाका सम्पादक मनिता चाम्लिङका दिवंगत कान्छा दाजु बाजुन राईको स्मृतिमा स्थापना गरिएको सृजनशिल पत्रकारिताबाट कोले न्यूजका रोहित कुलुङ राईलाई सम्मानपत्र सहित नगद ५ हजार ५ रुपैयाले सम्मान।

गतवर्ष थाती रहेको पत्रिकाका सम्पादक मनिता चाम्लिङका दिवंगत कान्छा दाजु बाजुन राईको स्मृतिमा स्थापना गरिएको सृजनशिल पत्रकारिता २०८२ बाट नुमाफुङ मिडियाका स्वर्णिमहाङ फोम्बोलाई सम्मानपत्र सहित नगद ५ हजार ५ रुपैयाले सम्मान।
कार्यक्रममा वक्ताहरूले स्थानीय पत्रकारिता क्षेत्रको विकासमा दिव्य रोशनी साप्ताहिकले पुर्याएको योगदानको प्रशंसा गर्दै सत्य, निष्पक्ष र जनमुखी समाचार सम्प्रेषणमा अझ सक्रिय रहन शुभकामना व्यक्त गरेका थिए। २२ वर्षको यात्रामा पत्रिकाले समाजका आवाजलाई बुलन्द गर्दै स्थानीय मुद्दा उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजक पक्षले जनाएको छ।

कार्यक्रममा प्रमुख अतिथी धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अईन्द्र बिक्रम बेघा, अतिथी पत्रकार महासंघ कोशी प्रदेशका महासचिव हिमा चोम्जोङ, महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, अग्रज पत्रकार हर्ष सुब्बा लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
कार्यक्रम २०८३ जेठ ८ गते धरान-१२ स्थान धरान उपमहानगरपालिकाको सभाहलमा आयोजना भएको थियो।




















