सुनको मूल्यले फेरि बनायो अर्को ऐतिहासिक रेकर्ड

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : साउन २ गते, बुधबार सुनको मूल्य पुनः ऐतिहासिक उचाइमा पुगेको छ । पछिल्लो चार कारोबार दिनदेखि सुनको मूल्यले निरन्तर रुपमा नयाँ उचाइ बनाउदै बढेको हो ।

नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ५० हजार रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेर नयाँ कीर्तिमान कायम भएको हो ।