त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना, १५ जनाको मृत्यु

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुदा १५ जनाको मृत्यु भएको छ। दुर्घटनास्थलबाट प्रहरीले चार जनाको उद्धार गरेको छ।

बुधबार काठमाडौंबाट पोखरा उडान गर्ने क्रममा जहाज दुर्घटनामा परेको विमानस्थल स्रोतले जनाएको छ।

सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११:१५ मिनेटमा दुर्घटनामा परेको हो।

दुर्घटनाका कारण विमानमा आगो लागेको थियो । अग्निनियन्त्रक र सुरक्षाकर्मीले बिहान ११ बजेर ४० मिनेटमा नियन्त्रणमा लिइएको थिए।

प्रहरी प्रधान कार्यालयका अनुसार जहाज मर्मतको लागि पोखरातर्फ उडान गरिएको थियो। जहाजमा सबै सौर्यकै कर्मचारीहरू रहेको प्रहरीको भनाइ छ। उक्त जहाजमा १९ जना थिए।

घटनाको थप विवरण आउन बाँकी छ।