सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो पुगेको छ।

विमानका क्याप्टेन मनीशरत्न शाक्य उपचाररत छन् ।

दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा एकै परिवारका तीन जनाको मृत्यु भएको खुलेको छ।

एयरलाइन्सका प्राविधिक मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र उनीहरूका छोरा अधिराज शर्माको मृत्यु भएको हो।

सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११:१५ मिनेटमा दुर्घटनामा परेको थियो।

दुर्घटनाका कारण विमानमा आगो लागेको थियो । अग्निनियन्त्रक र सुरक्षाकर्मीले बिहान ११ बजेर ४० मिनेटमा नियन्त्रणमा लिइएको थिए।

प्रहरी प्रधान कार्यालयका अनुसार जहाज मर्मतको लागि पोखरातर्फ उडान गरिएको थियो। उक्त जहाजमा १९ जना थिए।