पेट्रोलियम पदार्थको मूल्य घट्यो

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो ।

निगमले हाललाई पेट्राेलमा १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २ रुपैयाँ मूल्य घटाएकाे छ भने हवाई इन्धन र एलपीजी ग्याँसकाे मूल्य यथावत राखिएकाे छ ।

मूल्य घटेपछि काठमाडौं, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १७० कायम भएको छ । त्यस्तै सुर्खेत र दाङ वरपर प्रतिलिटर १६९, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६७.५ कायम भएको छ ।