भारतीय राजदूतावास रक्षा सहचरी - कर्नल वी सुब्रमणीयमको पी.पी.ओ धरान भ्रमण

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : भारतीय राजदूतावास रक्षा सहचरी - कर्नल वी सुब्रमणीयम तथा उहाँको श्रीमती कामाक्षी मिति ०४ देखि ०७ अगस्त २०२४ सम्म रक्षा सहचरीको पदभार सम्हाल्नु भए पश्चात पुर्वाञ्चलमा पहिलो पटक भ्रमणमा आएका छन। 

उनको पुर्वाञ्चलको विभिन्न ठाँउको विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाउने तालिका रहेको छ । साथै धरान अवस्थीत दन्तकाली, पिण्डेश्वर बाबा धाम र बुढा सुब्बा मन्दिरको पनि दर्शन गरेका छन।

मिति ०५ अगस्त २०२४ दिन पी पी ओ धरानले आयोजना गरेको भू पू रेल्लीमा प्रभारी अधिकारी मेजर भरत कनोजियाद्वारा कर्नल वी सुब्रमणीयम, रक्षा सहचरी र धर्मपत्नी कामाक्षीलाई औपचारिक रुपमा भव्य स्वागत गरेका थिए।

4168cf6a-b1e8-4e08-90af-f17b2c88f1d4

कार्यक्रममा पुर्वाञ्चलवासी भारतीय भू पू हरुको साथै पी पी ओ धरानका कर्मचारीहरुद्वारा पनि भव्य स्वागत गरिएको थियो।

रक्षा सहचरीद्वारा युध्द भुमिमा आफनो ज्यानको आहुती दिएका वीरहरुको सम्झनामा शहिद स्मारकमा माला अर्पण गरिएको थियो। उनले स्वागतको स्वीकार गर्दै भारतीय सेनामा गोर्खा फौजको अब्बल दर्जा रहिआएको र वहाहरुको हकअधिकार प्रति भारत सारकार कटिबद्ध रहेको बताए।

साथै पुर्वाञ्चलवासी भारतीय भू पू तथा तिनका आश्रीतहरुको समस्याहरुको समाधान प्रति आफु सधै सकारत्मक रहेको बताए।

4aea7f58-8f07-4287-b512-e8aa0cbfc394

रक्षा सहचरीद्वारा भू पू रैलिमा वीर नारीहरुलाई उपहार, भू पू को छोरा-छोरीलाई शिक्षा सहयता प्रदान, असक्त भूतपुर्व सैनिकहरुलाई वील चियर तथा वाकिङ्ग स्टीक, पहिलो पेन्शन भूक्तानी पिपिओ र भौचर, राष्ट्रपती द्वारा हस्ताक्षरीत कदर पत्र, साथै वीरता पदक धारकहरुलाई दोशल्ला ओढाई सम्मान गरेका थिए। 

आफनो मन्तव्यको अन्तमा कर्नल वी सुब्रमणीयम, रक्षा सहचरीले र्पुवाञ्चलवासी सम्पुणर् भारतीय भूतपुर्व सैनिक तथा तिनका आश्रीतहरुलाई धन्यवाद दिए। 

कार्यक्रमको अन्तमा भू पू हरुसँग चियापान गर्दै गुनासो र त्यसको समाधानको लागि छलफल गरेका थिए। उहाँले पी पी ओ धरानको परिसरभित्र अवस्थीत मुख्य कार्यालय, एम आई रुम, ई सी एच एस, डि एस बी, बैंकका शाखाहरु, क्याफेटेरिया, पि पि ओ धरान अन्र्तगत सन्चालित सिलाई कटाई, शौन्दर्य तालिम, कम्प्युटर तालिम केन्द्र, साथै पेन्शनर डोरमेटोरी कोे निरिक्षण पनि गरेका थिए।

f1c9b6bb-25b9-426b-8211-6f5f823fb847

सोहिक्रममा वहाले नवनिर्मित मुख्य प्रवेश द्वार, पार्किङ्ग सेड र पेन्शनर सेडको समउदघाटन गरेका थिए साथै भ््रामणको सिलसिलामा उहाहरुले पुर्वाञ्चलको विभिन्न ठाँउहरु जस्तै धनकुटा जिल्लाको भेडेटार परिक्रमा, पाथीभरा माताको दर्शन गरेका थिए।

सोही कार्यक्रमको दौरान पेन्शन वितरण कार्यालय धरानद्वारा आयोजना गरिएकोे छैटौ ईन्टर भू. पू. समिति व्याडमिन्टन प्रतियोगीताको मिति ०६ अगष्ट २०२४ मा भारतीय राजदूतावास, रक्षा सहचरी, कर्नल वी सुब्रमणीयम द्वारा उद्घाटन भएको थियो। 

3b959f87-cdeb-4a37-b73d-08d527b4d6ab

उक्त छैटौ ईन्टर भू. पू. समिति व्याडमिन्टन प्रतियोगीतामा पुर्वाञ्चलवासी भारतीय भूतपूर्व सैनिक, तिनका आश्रीत तथा छोराछोरीको स्वास्थ्यलाई मध्य नजर गरेर हरेक वर्ष आयोजना गर्दै आईरहेको ईन्टर भू पू ब्याडमिन्टन च्याम्पीयनसिप प्रतियोगितामा यस वर्ष १८ भू पू समितिबाट ११० टिमले भाग लिईरहेका छन् र यस प्रतियोगीता ६ देखी ९ अगस्त २०२४ सम्म हुनेछ र भ्रमणको सिलसिलामा पुर्वाञ्चलको झापा जिल्लाको दमक, सुनसरी जिल्लाको ईटहरीमा भू पू समितिबाट आयोजना गरिएको बृहत रेल्लीमा सहभागि भई भू पू तथा तिनका आश्रीतहरु लाई सम्बोधन गरेका थिए।

639e727e-0084-4958-9c14-3c5b72b4fd45

कर्नल वी सुब्रमणीयम, रक्षा सहचरीले धरानको भ्रमणको क्रममा पि पि ओ धरानले पेन्शन केश समाधान र  गुनासो निवारणमा चालेका कदम प्रति आश्वसत जनाउदै यसको  खुलेर प्रशंसा गरेका थिए। साथै वहांले आफनो कार्यकाल मा कार्य प्रणालीलाई अझ प्रभावकारी र पारदर्शी बनाउनका लागि सत प्रतिशत प्रतिवद्वता व्यक्त गरेका थिए। 

नेपाल वासी भू पू तथा तिनका आश्रीतहरुको हक अधिकार सुनिश्चिता गर्नको लागि हर कदम प्रयास गरिने पनि उनले प्रतिवदता जाहेर गरे।

45543ea6-c255-46fa-8e53-361f70350a6edc85be64-1937-4aec-86f9-99c4c5c216b3a33d492a-1537-4e2d-9816-2350f3c183cf