भारतको ७८ औ स्वतन्त्रता दिवस, नेपाल भारत मैत्री सङ्घद्वारा धरानको भानुचोकमा रक्तदान कार्यक्रममा

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : मित्रराष्ट्र भारतको ७८औ स्वतन्त्रता दिवसमा शुभकामना सन्देश दिन बुधवार धरानमा आयोजित रक्तदान कार्यक्रममा ६१ प्रिन्ट रगत सङ्कलन भएको छ ।

नेपाल भारत मैत्री संघको आयोजनामा भानुचोकमा आयोजित रक्तदानमा ६१ पिन्ट रगत संकलन भएको अध्यक्ष सरोज श्रेष्ठले जानकारी दिए ।

भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर भरत कनौजियाको प्रमुख आतिथ्यमा धरानको लोकतान्त्रिक चौतारीमा आयोजित रक्तदान कार्याक्रमको सह आयोजकमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ जिल्ला समिति सुनसरी र धरान सिटी कलेज रहेका थिए ।

75c8cb79-7cc9-4d5d-aa25-fb0798c9fa7c

कार्यक्रममा संघका उपाध्यक्ष कृष्ण अग्रवालले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका सभापति उमेश थापाले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा रक्तदाताहरुलाई प्रमाण पत्र पनि प्रदान गरिएको थियो ।