पी पी ओ धरानमा भारतको ७८ औ स्वतन्त्र दिवस हर्षोउल्लास साथ मनाईया

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : भारतको ७८ औ स्वतन्त्र दिवसको उपलक्ष्यमा, भारतीय राजदुतावास, पेन्शन वितरण कार्यालय , धरानले हरेक वर्षझै यो वर्ष पनि १५ अगष्ट २०२४ का दिन विभिन्न कार्यक्रमहरुको आयोजना गर्दे हर्षोउल्लासका साथ मनायो । 

कार्यक्रमको शुरुवात पी पी ओ धरानको प्रभारी अधिकारी, मेजर भरत कनोजियाले भारतको राष्ट्रीय ध्वज झण्डोत्तलन गरेर तथा शहिद स्मारकमा माल्र्यापण गर्नु भयो । साथै आफनो स्वागत मन्तव्यमा पेन्शन वितरण कार्यालय स्थापनाको उदेश्य र कार्यविवरण प्रस्तुत गर्नु भएको थियो । 

035a1040-451a-491f-83e3-188e224c376c

40c315cd-5489-46fc-91af-0f3c39f53b2a

यस कार्यालयले भारतीय भू पू हरुलाई सेवा प्रदान गर्दै आएको र सोही क्रममा दुर्गम पहाडी जिल्लाहरु दिक्तेल, ओखलढुँगा, भोजपुर, तेह्थुम, ताप्लेजुङ्ग, पाँचथर, ईलाम,धनकुटा, सोलुखुम्बु, सँखुवासभामा दिई आएका सेवालाई निरन्तरता दिदै आईरहेको साथ साथै तराई भेगका विभिन्न झापा जिल्ला अन्तर्गत भद्रपुर,दुधे,दमक, अनि मोरङ्गको पथरी, लेटाङ्ग, बेलबारी,उदयपुर जिल्लाको कटारी, बेलटार र सुनसरी जिल्लाको इृटहरी, शान्तीनगर र झुम्कामा पनि मौसमी सिविरहरु सन्चालन भई रहेको जानकारी दिनुभयो । 

591fc01d-9f86-4269-8c73-50d639f8005e

77f980e5-5159-4bf3-83ea-e77d136a4b22

साथ साथै वीरनारी र पेन्शनरहरुको उन्नती र जिविकापार्जन साथै श्वाबलम्बी हुन सकुन भन्ने हेतुले कार्यालय हाताभित्र बिभिन्न शिपमुलक तालिम जस्तै कम्पुटर, सिलाई बुनाई र ब्यीउटी पार्लरको तालिम सन्चालन भैरहेको जानकारी दिनुभयो ।

यस अवसरमा भारतको लागी वीरगती प्राप्त गरेका वीरहरुको श्रीमतीहरुलाई (वीरनारीहरु) ब्लाङकेट प्रदान, वीरता पदक धारकहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 

भारतीय राजदुतावास, ई सी एच एस, पेन्शन वितरण कार्यालय, धरानले दिव्यांजन भू पू हरु तथा तिनका आश्रितहरुलाई हिडंडुल गर्न सहायक सामग्रीहरु प्रदान कार्यक्रम पनि राखेको थियो । सोहि अवसरमा डिल्ली पब्लिक स्कूलका विद्यार्थीहरुले आफना विभिन्न प्रतिभाहरु प्रस्तुत गरेका थिए साथै भोकेशनल ट्रेनिङ्गका नानिहरुको विभिन्न प्रतिभाहरु प्रस्तुती रहेको थियो । 

69e42147-04b5-4840-bff1-0521496cf832

ec66a1b2-d1dc-4d53-b3b2-f42c12f9379d

भारतीय राजदुतावास, पेन्शन वितरण कार्यालयले विगतका वर्षझै यस वर्षपनि पी पी ओ धरानले पुर्वाञ्चल, नेपाल स्थित भारतीय भू पू समितीहरु माझ छैटौ इन्टर भू पू समिती बेडमिन्टन प्रतियोगीताको आयोजना गरेको थियो । सो प्रतियोगीता ०६ देखी ०९ अगस्त २०२४ सम्म सञ्चालन भएका थियोे । 

यस प्रतियोगीतामा हाम्रा पुर्वाञ्चलस्थित १७ वटा भू पू  समितीहरु साथै पी पी ओ बाट २ टिम गरी जम्मा ११० वटा टिम हरुले सहभागिता जनाएका  थिए । 

उक्त प्रतियोगीतामा हाम्रो भू पू हरुको लागी ६० वर्ष भन्दा माथीको सिङ्गल, ६० वर्ष भन्दा माथीको डब्बल, ६० वर्ष भन्दा मुनी र ५० वर्ष भन्दा माथीको डब्बल, तथा ५० वर्ष भन्दा मुनीको डब्बल गरी जम्मा ०४ केटेगरीमा खेलहरु भएका थिए । साथै विगतका वर्ष झै यस वर्ष पनि भू पूुहरुको श्रीमति तथा छोरीहरुबाट प्रतियोगीतामा सहभागीताको लागी अत्याधिक माग भए अनुसार यस वर्ष पनि महिला डब्बल केटेगरीमा खेलहरु भएका थिए ।

1cafe83f-78cc-40d9-8be5-919385c02f45

5d9bca8a-79e3-46c1-bb0d-b7ec97de92f5

861f2edd-0743-4672-a2b8-bb6f33224625


यस कार्यक्रममा पि पि ओ धरानको आथित्यलाई स्विकार गर्दे सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री राम चन्द्र तिवारी ज्यू ले सहभागिता जनाउदै भारतको ७८ औ स्वतन्त्र दिवसको र्हािर्दक बधाई दिदै आफना मन्तव्य प्रकट गर्नुभयो । साथै  कार्यक्रममा विभिन्न सरकारी तथा निजि छेत्रका पदाधिकारीहरुको समेत उपस्थीति रहेको थियो ।

2c208608-f862-4e92-b91b-9249626b815f

3e778eee-444a-450e-ac51-98c364dcd208

कार्यक्रमको अन्त्यमा, मनोरन्जात्मक कार्यक्रम प्रस्तुत गरेका विद्यार्थीहरु तथा खेलकुदमा विजेता तथा उपविजेता भएकाहरुलाई पुरस्कार, इन्टर भुपु समिती बेडमिन्टन प्रतियोगीता खेलको उच्च सम्मान गर्दै भारतीय राजदुतावास, पेन्शन वितरण कार्यालयका प्रभारी अधिकारी, मेजर भरत कनोजियाले विजेता र उप(विजेताहरुलाई मेडल तथा नगत प्रदान गरिएको थियो । 

cd07bc88-f075-4c8b-9861-640005b6d29b

f223dfa1-45f1-403e-8748-f15ce7b7b377
27cd4042-77ee-4c04-a273-fa8fe89197ba

साथै पि पि ओ धरानका प्रभारी अधिकारी मेजर भरत कनोजिया ज्यू ले पि पि ओ धरानको यो आथित्यलाई स्विकार गरि आफ्नो बहुमुल्य समय निकालेर यस अवसरमा पाल्नु भएका सम्पुणर् अथितीगणहरुमा हार्दिक कृतज्ञता जनाउनु भयो ।

f2dc2052-7cbd-4e55-a76d-cce3c3b2e431

f5d27a10-4732-462a-ade6-b40cf789c631
9415c623-1d45-479f-a81d-27de80e48eef
0ec0ccaf-698b-4ac7-a3a8-6ac5503ad8d2
74a7d12c-99a8-46e7-b491-37b1bb29ba9c