सोलुखुम्बुको स्थानीय भोटे कोशीबाट हाल सम्म भएको क्षेतीको विवरण

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे स्थितमा रहेको स्थानीय भोटे कोशीमा आएको बाढीले हाल सम्म गरेको क्षेतीको विवरण प्राप्त भएको छ । 

बाढीले हाल सम्म थामे गाउँका  ७ वटा घर, ५ वटा होटल, १ वटा विद्यालय र १ वटा क्लिनिकमा पुर्ण रुपमा क्षेती पुर्याएको छ  भने ७ वटा घर जोखिममा रहेका छन् ।  अहिले पानीको बहाव घट्दै गएकोले तटिय क्षेत्रमा कटान भएकोले पहिरोको जोखिम हुन सक्ने सम्भावना रहेको छ ।


तल्लो तटिय क्षेत्रमा कटानको कारण सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका ६ बोदेबहर बलेखा स्थित बस्ने ५ घरका स्थानीयलाई नेपाल प्रहरीले सुरक्षित स्थान तर्फ सारिएको छ । 

बाढीले सोलुखुम्बु सोताङ गाउँपालिका १ दिप्ली घाटमा पुरानो बेलि बृजको सामान निकालि स्टोर गरी राखेको सामानहरु बगाएर लगेको छ भने माप्य दुधकोशी गाउँपालिका १ अधेरी स्थित खुम्बु क्षेत्र जोड्ने दुधकोशी खोलाको पक्की पुलको एकतर्फि भासिएको छ ।


यसै गरी  माथिल्लो भेगको खुम्बु पासाङल्हामु गाउँपालिका ३ जोर सल्लेमा फाक्दिन देखि नाम्चे जाने पैदल गोरेटो बाटो दुई ठाउमा अ.१००/१०० मिटर कटान गरी लगेको छ ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले सो क्षेत्रमा हिमताल फुटेको हो कि हिम पहिरो गएको हो भन्ने एकिन नभएकाे बताएकी छिन् ।

उक्त क्षेत्रमा उद्दारका लागि सुरक्षाकर्मी खटिसकेको छ । त्यस्तै, लेदोसहितको पहिराे आएका कारण दुधकोशीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।