आईतबार सुनको मूल्य ऐतिहासिक उचाईमा

समाचारदाता : गोपाल पौडेल

२०८१ भदौ ०२ गते ।

धराने मिडिया : आईतबार सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेकाे छ । यसदिन सुन प्रतितोला तीन हजार रुपैयाँले बढेर ऐतिहासिक उचाईमा पुगेकाे हाे ।

गत साउन २९ गते मंगलबार छापावाला सुन प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँ थियो । उक्त सुनको मूल्यको उचाईलाई आज कायम मूल्यले ब्रेक गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५२ हजार ६०० रुपैयाँमा खरिद बिक्री भईरहको छ । गत शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो।