पेट्रोलियम पदार्थको मूल्य घट्यो

समाचारदाता : गोपाल पौडेल 

सुनसरी, २०८१ भदौ १५ गते ।

धराने मिडिया : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो ।

नेपाल आयल निगनिगमले आईतबारदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर २ रूपैयाँ र डिजेल तथा मट्टितेलको मूल्यमा १ रूपैयाँ घटाएको छ ।

मूल्य घटेपछि काठमाडौं, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६३ कायम भएको छ । त्यस्तै सुर्खेत र दाङ वरपर प्रतिलिटर १६२, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६० रुपैयाँ ५० पैसा कायम भएको छ ।