सुनको मूल्यले बनायो नयाँ रेकर्ड

समाचारदाता : गोपाल पौडेल

२०८१ भदौ २६ गते ।

धराने मिडिया : बुधबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। यस दिन सुन तोलामा एक सय रूपैयाँ बढी नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन एक तोला छापावाल सुनको मूल्य १ लाख ५३ हजार ४०० रुपैयाँ रहेको छ। यो हालसम्मकै उच्च मूल्य हो। यस अघि गत भदौ २१ गते, सुनको मूल्यले रेकर्ड बनाएको थियो। सो दिन छापावाल सुन प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ बढेको छ। मंगलबार एक तोलाको १ हजार ८६५ रुपैयाँमा कारोबार चाँदी, यस दिन १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ।