सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड

समाचारदाता : गोपाल पौडेल

२०८१ भदौ ३० गते ।

धराने मिडिया : आइतबार नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। 

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ८०० रुपैयाँ रहेको छ। सुनको यो मूल्य हालसम्मकै उच्च हो। गत शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको हो।

गत शुक्रबार १ लाख ५६ हजार ३०० रुपैयाँ पुगेर रेकर्ड बनाएको सुनको मूल्यले, यस दिन सो रेकर्ड तोडेर अर्को नयाँ रेकर्ड बनाएको हो।

यस दिन चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन अर्थात शुक्रबार, तोलाको १ हजार ८६० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ।