लगातार बढेको सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम

समाचारदाता : गोपाल पौडेल

२०८१  असोज ०८ गते ।

धराने मिडिया : नेपाली बजारमा सुनको भाउले लगातार तेस्रो दिन पनि नयाँ रेकर्ड कायम राख्न सफल भएको छ । 

मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्यवृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला एक लाख ५९ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबार छापावाला सुन प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

गत आईतबार देखि सुनको मूल्यले निरन्तर रेकर्ड बनाउदै बढेको हो । यस्तै, चाँदीको मूल्य आज तोलामा रु पाँचले घटेको छ । सोमबार प्रतितोला रु एक हजार नौ सय २० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार नौ सय १५ निर्धारण भएको छ ।