पाँचौ दिन पनि सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड

समाचारदाता : गोपाल पौडेल

२०८१  असोज १० गते।

धराने मिडिया : बिहीबार, नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बिहीबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो।

सुनको मूल्यले निरन्तर रेकर्ड बनाउन थालेको आज पाँचौ दिन हो ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६० हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

आईतबार सुन प्रतितोला एक लाख ५८ हजार ८०० रुपैयाँ, सोमबार प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा र मंगलबार एक लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आईतबारदेखि सुनको मूल्यले निरन्तर रेकर्ड बनाउदै बढेको हो ।