पेट्रोलियम पदार्थको मूल्य घट्यो

समाचारदाता : गोपाल पौडेल

२०८१ असोज १५ गते ।

धराने मिडिया : भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै आयल निगमले मूल्य घटाएको छ।

निगमले आज देखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा २ रुपैयाँ, आन्तरिक हवाई ईन्धन प्रति लिटर ६ रुपैयाँले घटाएको हो।

 त्यसैगरी अन्तर्राष्ट्रिय हवाई इन्धन प्रति किलोलिटर ४५ डलरले घटेको छ।