सुनको मूल्य घट्यो

समाचारदाता : गोपाल पौडेल

२०८१  असोज २१ गते।

धराने मिडिया : नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य घटेपछि त्यसको प्रभाव स्थानीय बजारमा परेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ६० हजार ५ सय  रुपैयाँ निर्धारण भएको छ ।