निरन्तर घट्दो क्रममा सुनको भाउ

समाचारदाता : गोपाल पौडेल

सुनसरी, असोज २२ गते ।

धराने मिडिया : सुनको भाउ निरन्तर घट्दो क्रममा देखिएको छ। दशैँअघि सुनको भाउ निरन्तर घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार  मंगलबार सुन प्रतितोला १ लाख ६० हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। साेमबार सुन प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

विगत दुई दिनदेखि घट्दै आएको सुनको भाउ  मंगलबार पनि तोलामा ४०० रुपैयाँले घटेको हो।