डरलको भाउ हालसम्म कै उच्च

समाचारदाता : गोपाल पौडेल

२०८१ कार्तिक ०२ गते। 

धराने मिडिया : अमेरिकी डलरको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । शुक्रबार डलरको बिक्रीदर १३४ रुपैयाँ ८२ पैसा पुगेको छ भने खरिददर १३४ रुपैयाँ २२ पैसा पुगेको छ।

यो डलरको हालसम्मकै उच्च मूल्य हो। यस अघि डलरको उच्च मूल्य १३४ रुपैयाँ ८० पैसा (बिक्रीदर) थियो। गत असोज २६ गते डलर सो मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी, यस दिन युरोपियन युरो एकको खरिदमा भने १४५ रुपैयाँ ८५ पैसा र बिक्रीमा १४६ रुपैयाँ ५० पैसा पाइन्छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७५ रुपैयाँ ४५ पैसा तोकिएको छ।