४७.४४ अंकले घट्यो नेप्से

समाचारदाता : गोपाल पौडेल

२०८१ कार्तिक ०४ गते।

धराने मिडिया : साताको पहिलो दिन आइतबार शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट देखिएको छ। यस दिन नेप्से ४७.४४ अंकले घटेको हो।

सेयर कारोबार मापक नेप्से परिसूचक १.७२ प्रतिशतले घटेर २६९७.९१ विन्दुमा बन्द भएको छ। आइतबार १८ कम्पनीको मूल्य बढेको छ भने २२६ कम्पनीको मूल्य भने घटेको हो।

आज ८८ हजार ७१४ पटकको सेयर किनबेचबाट ८ अर्ब १८ करोड २ लाख ६२ हजार रुपैयाँको कारोबार भएको छ । कुल १३ उपसमूहमध्ये म्युचअल फन्ड स्थिर रह्यो भने अन्य सबै उपसमूह घटे ।