सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँ घट्यो

समाचारदाता : गोपाल पौडेल

सुनसरी, कार्तिक २० गते ।

धराने मिडिया : कात्तिक २० गते, मंगलबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट भएको छ। यस दिन छापावाल सुन को मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य घटेपछि त्यसको प्रभाव स्थानीय बजारमा परेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तिहार अघिको अन्तिम दिन (कात्तिक १५ गते) प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन, यस दिन १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।