फेरि घट्यो सुनको मुल्य
समाचारदाता : गोपाल पौडेल
२०८१ कात्तिक २५ गते ।
धराने मिडिया : आज साताको पहिलो दिन सुनको मूल्य घटेको छ ।
अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य घटेपछि त्यसको प्रभाव स्थानीय बजारमा परेको हो । आईतबार सुन प्रतितोला ५०० रुपैयाँले घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तैगरि यस दिन चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ९६० रुपैयाँ खरिदबिक्री भइरहेको छ ।