धरानमा १४० औं फाल्गुनन्द जन्म जयन्तीको अवसरमा र्यालि

समाचारदाता : गोपाल पौडेल

२०८१ कार्तिक २६ गते।

धराने मिडिया : महागुरु फाल्गुनन्द लिङदेनको १४० औं जन्म जयन्तीको अवसरमा धरानमा भब्य र्यालि आयोजना भएको छ।

गतकार्तिक २५ गते धरानको धनकुटे रोड, भोटेपुल, भानु चोक हुदै देसिलाईनबाट र्यालि धरान-१५ स्थित याक्थुङ चुम्लुङ भवनमा समापन भएको थियो।

वि. सं. २००५ सालमा उनको देहान्त भएपछि किराँत सङ्घ संस्थाहरूले हरेक वर्ष कार्तिक २५ गते फाल्गुनन्द जन्म जयन्ती मनाउदै आएका छ।

a5524e25-94f8-47c2-9134-141a1b7b7c4d

महागुरु फाल्गुनन्द लिङदेनको जन्म बिक्रम सम्बत १९४२ को कार्तिक २५ गते आइतबारका दिन इलाम जिल्लाको इभाङ ५ चुक्चिनाम्बामा भएको थियो। उनका बाबु जगनबाज लिम्बु, लिङदेन र आमा हंसमती लिम्बु थिए। आमा बाबूका साँहिला छोराका रूपमा जन्मिएका फाल्गुनन्दको न्वारानमा ज्योतिषले राखेका नाम भने नरध्वज लिङदेन थियो।

9c9de755-fccb-4908-8805-5f4492fbdcf0

बाल्यकालमा सिकिस्त बिरामी भएका फाल्गुनन्दलाई फलामका चुरा बनाएर हातमा लाईदिनाले ठीक हुन्छ भनेकाले उनका हातमा फलामका चुरा लाई एको थियो। त्यही चुराबाट उनको नाम फलामसिंह रहन गएको थियो। गाउँका अन्य युवाहरू जस्तै उनी पनि बेलायती फौजमा भर्तीमा जाँदा उनको नाम फलामसिंबाट फाल्गुनन्द बन्न पुग्यो।

f254b491-b094-4f9c-9620-c81875e3a0e6