सुनको मुल्यमा एकैदिन २२०० रुपैयाँले गिरावट, मुल्य कति पुग्यो ?

समाचारदाता : गोपाल पौडेल

२०८१ कार्तिक २९ गते ।

धराने मिडिया : कात्तिक २९ गते, बिहीबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट भएको छ। यस दिन सुनको मुल्य प्रतितोला दुई हजार २०० रुपैयाँले घटेको हो। 

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे छापावाल सुन प्रतितोला एक लाख ६२ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो । पछिल्लो पाँच कारोबार दिनदेखि सुनको मूल्यमा निरन्तर रुपमा घटेको छ ।

त्यस्तै गरि यस दिन चाँदीको मुल्य तोलामा ३५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ९०५ रुपैयाँ खरिदबिक्री भइरहेको छ । हिजाे चाँदीको मूल्य प्रतितोला एक हजार ९४० रुपैयाँ खरिदबिक्री भएको थियो ।