सुन र चाँदीको मूल्य बढ्यो
समाचारदाता : गोपाल पौडेल
२०८१ मङ्सिर ३ गते।
धराने मिडिया : मंसिर ३ गते, सोमबार, सुन र चाँदीको मूल्य बढेको छ । यसदिन सुन प्रतितोला १००० रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले बढेको हो ।
चाँदीको मूल्य प्रतितोला एक हजार ९२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आईतबार चाँदीको मूल्य प्रतितोला एक हजार ९०५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।