सुनको मुल्यमा भारी गिरावट
समाचारदाता : गोपाल पौडेल
२०८१ मङ्सिर १० गते।
धराने मिडिया : सोमबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । सरकारले सुन आयातको भन्सार दर ५० प्रतिशतले घटाएपछि सोमबार सुनको भाउ तोलामै १५ हजार रुपैयाँभन्दा बढीले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार ३०० सय रुपैयाँमा कारोबार भइरहेको छ। जबकि आइतबार प्रतितोला एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
सरकारले सुन आयातको भन्सार दर ५० प्रतिशतले घटाएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भन्सार दर २० बाट १० प्रतिशत कायम गर्ने निर्णय गरेको थियो ।