सुनको मुल्यमा निरन्तर गिरावट
समाचारदाता : गोपाल पौडेल
२०८१ मङ्सिर ११ गते।
धराने मिडिया : सरकारले भन्सार दर घटाएपछि सोमबार नेपाली बजारमा उच्च गिरावट देखिएको सूनको मूल्य आज पनि घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई हजार छ सय रुपैयाँले घटेर एक लाख ४८ हजार सात सय कायम भएको छ।
त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँले घटेर एक हजार आठ सय २० रुपैयाँ कायम भएको छ ।
सरकारले सुन आयातको भन्सार दर ५० प्रतिशतले घटाएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भन्सार दर २० बाट १० प्रतिशत कायम गर्ने निर्णय गरेको थियो ।