पेट्रोलको मूल्य वृद्धि

समाचारदाता : गोपाल पौडेल

२०८१ पौष १ गते।

धराने मिडिया : नेपाल आयल निगमले आइतबार देखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य समायोजन गरेको छ।

नेपाल आयल निगमको नयाँ मुल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर २ रुपैयाँले घटेको छ।

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।

मूल्य बढेपछि काठमाडौं, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६२ रुपैयाँ कायम भएको छ। त्यस्तै सुर्खेत र दाङ वरपर प्रतिलिटर १६१ रुपैयाँ, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १५९.५० रुपैयाँ कायम भएको छ।