पेट्रोल, डिजेल र मट्टितेलमा मुल्यवृद्धि

समाचारदाता : गोपाल पौडेल

२०८१ माघ ३ गते ।

धराने मिडिया : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमका अनुसार पेट्रोलमा प्रति लिटर दुई तथा डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँ मूल्य वृद्धि भएको छ।

मूल्य बढेपछि काठमाडौं, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ। त्यस्तै सुर्खेत र दाङ वरपर प्रतिलिटर १६४ रुपैयाँ, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६२ रुपैयाँ ५० पैसा कायम भएको छ।

भारतबाट डिजेल र मट्टितेलको मूल्य बढेर आएसँगै नेपाल आयल निगमले पेट्रोलियम मूल्य बढाएको हो। बढेको मूल्य आजै देखि लागू हुने निगमले जानकारी दिएको छ ।