सुन र चाँदी दुबैको मूल्य वृद्धि

समाचारदाता : गोपाल पौडेल

२०८१ फागुन २२ गते।

धराने मिडिया : बिहीबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ। यस दिन सुन मूल्य प्रतितोला ३०० रुपैयाँ बढेको छ भने चाँदी ३५ रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ७० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला केहि दिनदेखि सुन र चाँदीको मूल्यमा निरन्तर वृद्धि भएको छ ।

त्यस्तै, बुधबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा खरिद बिक्री भएको छ । बुधबार चाँदी एक हजार ९५० रुपैयाँमा किनबेच भएको थियो ।