पेट्रोलको मूल्य घट्यो
समाचारदाता : गोपाल पौडेल


२०८२ बैशाख ०३ गते।
धराने मिडिया : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएकाे छ ।
इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य घटेको जनाउँदै निगमले यहाँ पनि मूल्य घटाएको हो ।
नयाँ मूल्यसूचीअनुसार उपत्यकामा प्रतिलिटर पेट्रोल १ सय ६० रुपैयाँ र डिजेल र मट्टितेल १ सय ४६ रुपैयाँ पर्नेछ । नयाँ मूल्य मंगलबार राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ ।