चाँदीको मूल्य घट्यो, सुनको मूल्यमा वृद्धि

समाचारदाता : गोपाल पौडेल

२०८२ बैशाख १४ गते ।

धराने मिडिया : नेपाली बजारमा चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँ खरिदबिक्री भईरहेको छ । शुक्रबारको बजारमा चाँदी प्रतितोला दुई हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन सुनको मूल्य सामान्य बढेको छ । यस दिन सुन प्रतितोला १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।