शुक्रबार बढ्यो सुनको मूल्य

समाचारदाता : गोपाल पौडेल

२०८२ जेठ १६ गते ।

धराने मिडिया : शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। यस दिन सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ बढेको हो ।

यस दिन छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

यस दिन चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतीतोला १५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँ खरिदबिक्री भइरहेको छ।

बिहीबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८७ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो भने चाँदी प्रतीतोला एक हजार ९९५ रुपैयाँ खरिदबिक्री भएको थियो ।